नेपाली काङ्ग्रेसको दलचोकी ३ मा वडा स्तरीय भेला सम्पन्न

राम तामाङ संवाददाता
42 Shares
ललितपुर

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ दलचोकीका नेपाली काङ्ग्रेसले राष्ट्रव्यापी जागरण कार्यक्रम अन्तर्गतको भेला सम्पन्न गरेको छ ।

दल्चोकीस्थित सामुदायिक भवनमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव विजय लोले पार्टीको कार्यक्रमका बारेमा प्रकाश पार्दै हामीले जनताको काम गर्न धेरै बाकी भएकाले अझै मेहनत गर्नुपर्ने बताए ।

स्थानीय कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव राजनप्रसाद घिमिरेले भेला उपस्थित कार्यकर्तामाझ प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । नेता घिमिरेले दलचोकीका काङ्ग्रेसले पार्टी माथि प्रश्न उठाउने कार्य गर्न नहुने प्रति सचेत पनि गराए ।

त्यसै गरी कोन्ज्योसोम गाउँपालिकाका ३ दल्चोकिका वडाध्यक्ष एवम् नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य तिलक बहादुर भोम्जनले कार्यकर्ताबाट उठेका जिज्ञासाको जबाफ दिँदै दल्चोकिमा विकास निर्माणका धेरै कार्य सम्पन्न भएको छ । आगामी बजेटमा देखिने काम गरिनेछ वडाध्यक्ष भोम्जनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्रियाशील सदस्य भोला नाथ सन्जेलले युवालाई रोजगारीमा प्राथमिकता दिनुपर्ने सुझाव उठान गरे । युवालाई विदेश पलायन हुनबाट रोक्न पार्टीले स्थानीय स्तरमै अवसरको साथै नेतृत्वदायी भूमिकामा सहभागी गराउनु पर्नेमा जोड दिए ।

यसै गरी कार्यक्रममा नेपाली काङ्ग्रेस कोन्ज्योसोम गाउँपालिकाका पार्टी सभापति सरोज घलानले कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । हामीले सडक‚ खानेपानी लगायतका जनजीविकाको सवालमा नेपाली काङ्ग्रेस सदैव साथमा रहेको बताए । तपाईँ हामी चार तारे झन्डाको मुनि रहेर अगाडी बढ्नुपर्छ ।समस्याको समाधान नहुने भन्ने हुन्न‚ सभापति घलानले भने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका