गायक सोनाम योन्जनको चिनारी सार्वजनिक

श्यामलाल लामा संवाददाता
1.6k Shares
काठमाडौं

गायक सोनाम योन्जन लामाको नयाँ गीत ‘चिनारी’ (पहिलो भेट) सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौँमा एक कार्यक्रम गरी ‘चिनारी’ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा गायक योन्जनको शब्द रहेको छ भने भिडियोमा योन्जनकै फिचरिङ र मोडल निरन्जली लामाको अभिनय रहेको छ ।

गीतको सङ्गीत र सङ्गीत संयोजन विश्व दोङको रहेको छ ।

भिडियो ऐतिहासिक धार्मिक स्थल ह्रिस्याङ्गोमा छायाङ्कन गरिएको गायक योन्जनले जानकारी दिए । उनले भने‚‘गीतले सिन्धुपाल्चोकको ह्रिस्याङ्गोको परिचयसहित त्यहाँका वास्तविकता वस्तुस्थितिको चिनारी दिएको छ । त्यसैले गीतको शीर्षक नै चिनारी राखिएको हो ।’

भिडियोमा माया पिरतीको भावसँगै ह्रिस्याङ्गो दृश्य देखाइएको छ ।

भिडियोलाई विशाल योन्जनले निर्देशन गरेका छन् भने जोन राईको सम्पादन र डिका गुरुङको छायाङ्कन रहेको छ ।

कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रकुमार मोक्तान‚ लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा‚ गायक प्रेम लोप्चन‚ सिद्विबज्र लामा‚ गायक विशाल काल्तान लगायत उपस्थिति रहेका थिए ।

गायक योन्जन विं.सं. २०५० सालमा राजा वीरेन्द्रको रजत महोत्सवमा तामाङ गीत प्रतियोगितामा प्रथम भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका