मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
धम्बोझी

बाँकेका महिला पत्रकार र महिला उद्यमीबीच आज खजुरागाउँपालिकाको गौघाटगाउँ योगीनी माविमा भएको मैत्रीपूर्ण फुटबलमा महिला पत्रकारको टोली विजयी भएको छ । महिला पत्रकारको टोलीले महिला उद्यमीको टोलीलाई ३–२ गोलले पराजीत गरेको हो ।

‘सहयोगी आवाज नेपाल’ले आयोजना गरेको योगिनी कप फुटबल प्रतियोगिता खजुरा गाउँपालिका–२स्थित योगिनी माविमा सञ्चालन भइरहेको छ । युवा पुस्तालाई फुटबलप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई रु ५० हजार, दोस्रोलाई रु २५ हजार, तेस्रोलाई रु १५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका