रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा गणतन्त्र दिवसको अवसरमा ‘दोस्रो पालिका कप २०८०’ हुने भएको छ।
गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा गणतन्त्र दिवसलाई लक्षित गरी जेठ १२ देखि १५ गतेसम्म जिल्लास्तरिय पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने पालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।
भलिबल लगायत बृहत् सांस्कृतिक कार्यक्रम समेत हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैयाँ‚ द्वितीयलाई १ लाख ५० हजार रुपैयाँ‚ तृतीयलाई १ लाख र सान्त्वना पुरस्कार ५० हजार पुरस्कारसहित शिल्ड‚ मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।
खेलाडीहरूको खेल अवधिभर २ लाख ५० हजारको बिमा गराइएको गाउँपालिकाले जनाइएको छ । त्यसको लागि जेठ १० गतेभित्र बिमा फारम भरी सक्नुपर्ने पनि बताइएको छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ र जेठ ११ भित्र दर्ता मिति तोकिएको छ भने जर्सी अनिवार्य गरिएको छ । खेलाडीले नागरिकताको फोटोकपी र दुई प्रति फोटो अनिवार्य पेस गर्नुपर्नेछ ।
खेलको माध्यमबाट गोसाईंकुण्ड गाउँपालिकाभित्र रहेको कला‚ संस्कृति लगायत पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा सहयोग पुग्ने बताइएको छ ।