हिमाली जिल्ला रसुवाको गोसाईंकुण्ड गाउँपालिका रेन्वो ट्राउट माछाको लागि हब नै बनेको छ । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ बोकेझुण्डास्थित रसुवा उद्योग वाणिज्य सङ्घबाट ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमबाट ३ वटा पोखरी निर्माण गरी ३ हजार भुराबाट सुरु गरिएको छ ।
‘हिमाली रेन्बो ट्राउट माछा उत्पादन तथा बिक्री केन्द्र’ नाम दिएर २०७१/०७२ सालमा सुरु भएको हो । फर्ममा ३ जना रेन्जेन दावा तामाङ, तुलुसिङगि तामाङ र लानाम घलेको संयुक्त रूपमा सञ्चालन भएको हो ।
यो अहिले पोखरी निर्माणको क्रममा रहेको र माछा राख्न बाँकी रहेको छ । यसमा हिमाली आयोजनाबाट अनुदान प्राप्त भएर थप १४ वटा पोखरी र भुरा दाना स्टोर निर्माण पनि गरिएको छ । यसै आर्थिक वर्षदेखि गोसाईंकुण्ड गाउँपालिकाबाट अनुदान प्राप्त भई मर्मतको अन्तिम चरणमा रहेको सञ्चालक रेन्जेनले जानकारी दिए ।
यस बिक्री केन्द्रको अबको लक्ष्य भनेको सात क्वीइन्टल माछा राख्ने र पाँच हजार भुरा राख्ने पोखरी बनाउन लागिएको फर्म सञ्चालक लानाम घलेले जानकारी दिए ।
गोसाईंकुण्ड गाउँपालिका–६ वोकेझुण्डाकै अर्का रेन्वो ट्राउट माछा पालक कृषक राजकुमार घलेले पनि ‘न्यु हिमालयन रेन्बो ट्राउट भुरा तथा दाना उद्योग’को रूपमा २०६१ सालमा दुई वटा पोखरीमा ५ हजार भुरा राखेको बताउँछन् । पछि पोखरी थप गरेर ११ वटा बनाइ तत्कालै अहिले २५ वटा ठुलो माछा र भुरा माछा हजार भन्दा बढी रहेको र खटन सके त राम्रो आम्दानी हुने घले बताउँछन् । ‘अहिले चाहिँ केही पोखरी बन्ने क्रममा छन्’‚ घलेले भने‚ ‘माछा चाहिँ बेचबिखन चाहिँ गरेको छैन ।’
हिमाली आयोजनाबाट एक अोटा पोखरी निर्माण र तारवार लगाउन लगानी आधा प्रतिशत दिए पनि ५० औं लाख खर्च लागेको घले बताउँछन् । पालिकाले यस आर्थिक वर्षमा ५ लाख मर्मतको लागि रकम दिएको बताइएको छ ।
गोसाईंकुण्ड गाउँपालिका–६ नागुङकी छिरिङसाङवो तामाङले पनि ‘नागुङ कृषि फर्म’ नाम दिएर २०६९ सालबाट माछा पाल्न सुरु गरिएको हो । सुरुमा १५ सय माछाको भुरा पारेर सुरु गर्नु भएको तामाङ बताउँछन् । २०७० सालमा थप २ वटा पोखरी बनाउँदा तत्कालीन कृषि विकास कार्यालयबाट ५६ हजार माछाको भुरा रसुवा वाणिज्य सङ्घबाट ३० हजार, लघुबाट ३० हजार र थप आफ्नै ६० हजार गरी १ लाख २० हजार भुरा थपेको छिरिङ साङ्वोले बताए ।
२०७१ सालमा हिमाली आयोजनाले ३४ लाख बराबरको माछाको भुरा २१ हजार, दाना मिटर, १४ वटा पोखरी निर्माण, फिल्टर, ट्याङ्की २ वटा फ्रिज सहयोग गरेको उनी बताउँछन् ।
रेन्वो ट्राउट माछा गोसाईंकुण्ड गाउँपालिका–६ सोलेमा ३८ वर्षको अनुभव सहितको रेन्बो ट्राउट माछाको व्यवसाय रहेको छ । हिमालयन रेन्बो ट्राउट प्रदर्शन प्राइभेट लिमिटेड दर्ता गरेर छोराहरूको सहयोगमा जागिरे जीवनको अवकाशपछि खालि समयमा आफ्नो ३८ वर्षीय अनुभवलाई निरन्तरता दिई हरिप्रसाद रिमालसँग वरिष्ठ प्राविधिक अधिकृत शन्तकुमार श्रेष्ठले देश विदेशसम्म व्यवसाय बढाउन लागेको बताए ।
२०७६ असोज २८ गते जागिरे जीवनबाट रिटा भएपछि माछा पालन सुरु गरेका श्रेष्ठ कृषि कार्यालयमा २ वर्ष, मत्स्य अनुसन्धान केन्द्र त्रिशूली, मत्स्य अनुसन्धान महाशाखा गोदावरी, काली गण्डकी मत्स्य ह्याचरि, कृषि केन्द्र क्यानडा मत्स्य अनुसन्धान केन्द्र धुन्चेमा गरेर यस क्षेत्रमा ३८ वर्ष विएका छन् ।
अर्को रेन्बो ट्राउट माछा पालन व्यवसायी याङजेन तामाङ गोसाईंकुण्ड गाउँपालिका–५ ठुलो भार्खु निवासी हुन् । उनले पनि बाँदर लड्ने आफ्नै भिरालो जमिनमा सहज तरिकाले रेन्बो ट्राउट माछा पालिरहेको छ । किलोको काँचो माछा प्रति केजी १८ सय र त्यही पकाएर खान्छु भने २ हजारमा विक्री गरिरहेको उनी बताउँछन् । केही अरू ठाउँबाट सहयोग आयो केही आफ्नै लगानीमा आय गरेको बताउने याङजेन यसैबाट राम्रो आम्दानी भइरहेको बताए ।
रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेका कार्यालय प्रमुख महेन्द्र भण्डारी भन्छन्‚ बेलाबेला रेन्बो ट्राउट माछा पालक कृषकलाई तालिम दिने गरेका छौ । तालिम दिए पश्चात् बेलाबेलामा अनुगमन गरी उनीहरूको राय सुझाव गुनासाहरू बुझिरहेका हुन्छौ । ज–जसले माछा पालन व्यवसाय गरिरहेको छ । उनीहरू सन्तुष्ट नै रहेको केन्द्रका प्रमुख भण्डारीले बताए ।