प्रचण्ड-ओलीबीच कुरा नमिल्दा रोकियो एकता प्रक्रिया

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रकृया अन्तिम चरणमा पुगेर रोकिएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको छैन ।

ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वाथ्योपचार गराउन दोस्रो पटक सिङ्गापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।

‘त्यसरी एकीकरणका काम धमाधम टुङ्गिनुको कारण अध्यक्षहरुबीच भएको मौखिक समझदारी हो ।

त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ,’ दाहाल निकट स्रोतले कान्तिपुरसँग भन्यो । यो समाचार कान्तिपुर दैनिकमा  छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया