चर्चित धार्मिक पर्यटकीय गन्तव्य को रूपमा चिनिएको गोसाईंकुण्डमा जेठ ६ गते प्रतिपदादेखि १६ गतेसम्म लाग्ने गंगादशहरा मेला सुरु भएको छ ।
दशहरा मेला भर्न गोसाईंकुण्ड मा धार्मिक पर्यटक भित्रने राम्रो मौसम भएकाले पनि आफ्नो मनोकाङ्क्षा पूरा गर्न मानिसहरूको अोईरो नै लाग्दछ । गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवा का अध्यक्ष सञ्जीव डिएमका अनुसार मानिसहरू बाह्रै महिना दैनिक ५० देखि १ सयको हाराहारीमा जाने गर्दछन् तर विशेष रूपमा गंगादशहरा मेला भर्नका लागि भनेर यस पटक ५ हजारको हाराहारीमा आवतजावत हुने अनुमान गरिएको बताए ।
धुन्चे रुट,ठुलो स्याफ्रु,सिन्धुपाल्चोक नौकुण्ड पट्टी को रुटबाट पनि मानिसहरू गोसाईंकुण्ड पुग्ने गर्दछन् । ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्ड आसपास मा रहेको भैरवकुण्ड,सरस्वती कुण्ड ,सुर्यकुण्ड बर्द कुण्ड लगायतका धेरै कुण्डहरू ले धार्मिक आस्था का साथमा पर्यटकीय महत्त्व बोकेको छ ।
रसुवाको सदरमुकाम बाट १२ घण्टा को निरन्तर यात्रापछि पुगिने गोसाईंकुण्ड बिचबिचमा हरियो वन वारिपारिका झरना र छङछङ बगेको त्रिशूल नदिको आवाज र वनस्पति हरूको सुगन्ध ले यात्रालाई सहज र मनमोहक बनाउँछ ।वर्षको दुई चोटि गङ्गा दशहरा र जनैपूणिर्मा मा भव्य मेला लाग्ने भएता पनि आजभोलि मानिसहरू बाह्रै महिना ट्रेकिङ को रूपमा गोसाईंकुण्ड पुग्ने गर्दछन् ।
धर्मशास्त्र अनुसार समुन्द्र मन्थन गरेर निस्किएको कालकुट विष पिएपछि भगवान् शिव त्यसको पीडा सहन नसकि भौँतारिएर हिँडेर गोसाईंकुण्ड मा आइ आफ्नो त्रिशूलले पहाडमा हानेर पानी निकालेपछि त्यो पानी कुण्डमा परिणत भयो र त्यही कुण्डमा डुबेर महादेव ले कालकुट विष सहन गर्नु भएको भन्ने कथन छ ।
भगवान् शंखर विराजमान रहेको पौराणिक धार्मिक कुण्डमा पूजा आराधना गर्नाले धनधान्य हुने र सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।
१०८ कुण्ड रहेको रसुवामा वर्षे नि हजारौँको सङ्ख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि ४३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाईंकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गङ्गा दशहरा र जनपूर्णिमामा गरी दुई पटक मेला लाग्ने गर्दछ ।यो वर्षको गङ्गा दशहरा मेला शनिवार देखि मेला सुरु भएको छ । मेला १६ जेठ दशमीका दिनसम्म लाग्नेछ । अघिल्ला २ वर्षमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन हुने गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिक डिएमले बताए ।