ग्लोबल एलाएन्स फर रोड सेफ्टी एनजिओ र अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेशनको साथै अन्तर्राष्ट्रिय मोटर साइक्लिङको समेत राष्ट्रिय सङ्घ हो नेपाल अटोमोबाइल्स सङ्घ (नासा नेपाल ) जसले विगत १५ वर्षदेखि नेपालमा मोटर, मोटर साइक्लिङ स्पोर्ट्स , अटोमोबाइल मोबिलिटी तथा टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशील रहेको छ । जसले सन् २००८ को स्थापनासँगै दोस्रो सडक सुरक्षा सप्ताह लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू र अभियानहरूमा सक्रियता देखाइरहेको छ ।
सोही सन्दर्भमा विश्वभरि नै सातौँ सडक सुरक्षा सप्ताहको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाइँदै छ । यसै हप्ता अर्थात् मे १५ देखि मे २१ सम्म नेपालमा समेत नेशनल एलाएन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल र नास फाउन्डेसन सँगको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम राष्ट्रिय रूपमै आयोजना भइरहेको छ ।
आजै बिहान साइकल कल्चर मुभमेण्ट नेपाल तथा धुलिखेल नगरपालिका समेतको साझेदारीमा टुँडिखेल टु धुलिखेल साइकल र्याली सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको परिसर टुँडिखेल बाट सुरु भएको साइकल र्याली दिउसो धुलिखेल बजार परिक्रमा गर्दै नगरपालिका पुगेको छ । साइकल लेन निर्माण, ऐन कानुनको परिमार्जन, आवश्यक बजेट विनियोजन तथा साइक्लिङ सुरक्षा जस्ता विषयको उठान गर्ने हेतुले आयोजित साइकल र्याली लाई डा. तारालाल श्रेष्ठ , इ. सुयोग खनाल , नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले शुभारम्भ गरिएको थियो । र्यालीमा लगभग ३०० साइक्लिस्टहरुको सहभागिता रहेको थियो ।