नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रीय कार्यसमिति सउलको अध्यक्षमा राजकुमार स्याङ्तान निर्वाचित भएको छ ।
आइतबार सउलमा भएको घेदुङको ११औं अधिवेशनले अध्यक्ष स्याङ्तानसहित १२ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ, उपाध्यक्षहरूमा शुभराज भोम्जन, बुद्धिबहादुर तामाङ, प्रीति लामा, गणेश तामाङ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा दावा फिन्जो तामाङ, सचिवमा निर योन्जन, लिलाबहादुर तामाङ, सुरेश थोकर, कोषाध्यक्षमा पासाङ बोम्जन र सदस्यमा केशवमान तामाङ निर्वाचित भएका छन् । बाँकी सदस्य नियमित बैठकले थप्ने छन् ।
कार्यक्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष भिक्षु फुपू छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिक्डोल)लाई सम्मान गरेको छ । अध्यक्ष शेर्पाले बौद्ध धर्म, दर्शन, संस्कार र संस्कृतिलाई विश्वमाझ चिनाउनका निम्ति दिइएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र र खादाद्वारा सम्मान गरेको हो । साथै सिजेन न्हिङ्मा गुम्बा महायान बुद्ध गुम्बा हेटौडाका लामा प्रमुखलाई पनि सम्मान गरेको छ । लामा गुरुहरू बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष हुँदै आएको ‘लोटस् लान्टिन फेस्टिभल २०२३’ मा सहभागी हुन आइपुगेको थियो ।
अधिवेशनमा प्रमुख अतिथि रूपमा नेपाल तामाङ घेदुङ सघीय सह-अध्यक्ष कुमार घिसिङ जुम माध्यमबाट उपस्थिति थियो ।
त्यस्तै विशेष अतिथिमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका इन्चार्ज सोमबहादुर तामाङ, गैर आवासीय नेपाली संघ कोरियाका अध्यक्ष दीपक पुन, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विसन राई, नेपाल तामाङ घेदुङ जेजु शाखाका अध्यक्ष सुनिता ब्लोन, नेपाल तामाङ घेदुङ बुसान शाखा प्रतिनिधिलगायत विभिन्न जातीय संघसस्था र क्षेत्रीय सस्थाहरुको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।