दोलखाको चर्णावती धाम महायज्ञ : सहकारीबाट १ लाख १२ हजार रुपैयाँ भन्दा बढी रकम दान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
182 Shares
दोलखा

दोलखाको चर्णावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञमा हालसम्म सहकारी संस्थाहरूबाट मात्रै १ लाख १२ हजार १ सय ११ रुपैयाँ रकम प्राप्त भएको छ ।

शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जारी महायज्ञ तथा धार्मिक अनुष्ठानमा सहकारी संस्थाहरूबाट मात्रै हालसम्म १ लाख १२ हजार २ सय ११ रुपैयाँ रकम आर्थिक सहयोग प्राप्त भएको चर्णावती त्रिवेणी विकास तथा प्रवर्द्धन सङ्घ दोलखाका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार महायज्ञमा जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुमा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

जिल्ला सदरमुकाम चरिकोटमा रहेको हाम्रो हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज ११ हजार १ सय ११ रुपैयाँ रकम सहयोग गरेको छ । उक्त रकम सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठ र सहकारी संस्थाका प्रमुख कार्यकारी दीपक बस्नेत सहितको टोलीले महायज्ञ स्थल चर्णावती धाममा नै पुगेर हस्तान्तरण गरेको हो ।

महायज्ञमा निजी क्षेत्रले आर्थिक सहयोग गर्ने क्रममा बढेको चर्णावती त्रिवेणी विकास तथा प्रवर्द्धन सङ्घ दोलखाले जनाएको छ ।

२५ लाख रुपैयाँ अक्षयकोषमा राख्ने घोषणा

कार्यक्रमको पहिलो दिन आज नै ६ लाख ८२ हजार ७ सय १५ रुपैयाँ रकम नगद आर्थिक सङ्कलन भएको थियो ।

शैलुङ गाउँपालिकाले १५ लाख रुपैयाँ रकम दिने घोषण गरेको छ । पालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठले महायज्ञको उद्घाटन कार्यक्रमको अवसरमा १५ लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषण गरिएको हो । त्यसै गरी मेलुङ गाउँपालिकाले ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि अक्षयकोषमा १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आगामी बजेटमा १० लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले घोषणा गरेका हुन् ।

आइतबारबाट सुरु भएको महायज्ञ ज्येष्ठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया