चर्णावती महायज्ञमा करिब ८० लाख रुपैयाँ सङ्कलन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
दोलखा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएको छ।

बिहीबार दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा सम्बोधन गर्दै उनले देश धर्मनिरपेक्ष बन्नै नसक्ने जिकिर गर्दै नेपाल हिन्दु, बौद्ध, जैन मुस्लिम सबै धर्मका लागि सापेक्ष रहेको बताए ।

उनले भने‚ ‘यो देशको धर्म,संस्कृति, परम्परालाई परिवर्तन गराएर पुरातन धर्म, संस्कृति समाप्त पार्न लागिएको छ ।’

त्यसै गरी महायज्ञ कार्यक्रममा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सांसद डाक्टर धवल शमशेर राणाले आफूहरू राजासहितको सनातन हिन्दु राष्ट्र कायम गर्न लागि परिरहेको जानकारी दिए । उनले भने‚ ‘हामी राजासहितको सनातन हिन्दु राष्ट्र कायम गर्न लागि परेका छौँ। राप्रपाले सनातन धर्मसापेक्ष हिन्द राष्ट्र पुनर्स्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको छ।’

महापुराण नवाह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुहको सहभागिता रहेको छ ।

महायज्ञमा आज पाँचौँ दिन पनि बिहान देखिनै भक्तजनहरूको उल्लेख्य सहभागिता लागेको छ ।

८० लाख सहयोग सङ्कलन

महायज्ञमा हालसम्म करिब ८० लाख रुपैयाँ रकम सङ्कलन भएको छ । जेठ ७ गतेबाट सुरु भएको महायज्ञमा पाँच दिनको अवधिमा मात्रै नगद २७ लाख ५६ हजार ४ सय ५९ रुपैयाँ रकम सङ्कलन भएको छ भने विभिन्न व्यक्ती तथा संस्थाहरूबाट प्रतिबद्धता सहित उक्त अवधिमा मात्रै करिब ८० लाख रुपैयाँ रकम सङ्कलन हुने भएको महापुराण नवाह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेका गाउँपालिकाहरू विभिन्न व्यक्तिहरूले दिने प्रतिबद्धता सहित पाँच दिनको अवधिमा उक्त रकम सङ्कलन हुने भएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका