अपाङ्ग पासाङदेकी मिहेनतले आत्मनिर्भर

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
378 Shares
रसुवा

अपाङ्ग भए तापनि मिहेनत गरेर सपाङ्ग सरह नै जीविकोपार्जन गरिरहेकी छन्‚ पासाङदेकी तामाङ । साबिकको धुन्चे गाविस वडा नम्बर १ हालको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ ठाडे घर भएकी तामाङ पानी पुरी चटपटे लगायत खाजा पसल राखेर जीविकोपार्जनलाई सहज बनाइरहेकी छन् ।

अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल र ह्यान्डिक्याम्प ईन्टरनेशनलको साझेदारीमा सञ्चालित स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरूको पहुँचमा सहजीकरण परियोजना अन्तरगतको आर्थिक सहयोगबाट उनले पसल सञ्चालन गरेकी हुन् ।

व्यवसाय गर्न ८ हजार सहयोग पाएपछि पासाङदेकिले पानी पुरी, चटपटे, खाजा पसल सञ्चालन गरेकी हुन् । उनी भन्छिन्‚ ‘यो व्यवसाय सुरुवात गरेपछि कसैसँग हात थाप्नुपरेको छैन ।’

पासाङदेकिको खुट्टा र कुममा अलि समस्या रहेको छ । उनलाई ३ वर्ष अगाडि रकम सहयोग भएको थियो । त्यसै रकमबाट पसल राखेर आयआर्जन गरिरहेकी छन् । अपाङ्ग हुँदैमा केही गर्न नसक्ने होइन आत्मविश्वास बढाई परिवार को साथ सहयोग भएमा जुन पनि काम गर्न सहज हुने उनको भनाई छ ।

‘पासाङदेकि बहिनी एकदमै मिहेनत गर्ने मान्छे हो । उनको काम देखेर ठाडेवासि दङ्ग पर्दछन्’‚ सरस्वती आघारभुत विद्यालयका प्रधानाध्यापक लानाम घले बताउँछन् ।

‘कक्षा १० सम्मको अध्ययन गरेकी सबैको प्रेरणा र सहयोगले अगाडि थप हौसला मिलेको बताइन् । परिवारको साथ पाएर नै आफूलाई पनि केही गर्न हौसला मिलेको र त्यसैले नै यो व्यवसाय सञ्चालन गरेको उनी बताउँछिन् ।

सपाङ्ग भएपछि केही गर्न नसक्ने होइन केही गर भन्ने उत्साह थपिदिए पनि केही गर्छु भन्ने उत्साह मिल्ने पासाङदेकिले सुनाइन् ।

सबैको सहयोग र हौसलाले गर्दा आत्मनिर्भर बनेकी छु म अपाङ्ग छु जस्तो नलाग्ने उनी बताउँछिन् । एसइई दिएर फेल भएपछि पढाइ नै छोडिन किन छोडेको भन्दा निरक्षर भए धेरै पढ्न पनि अलि सकिन कसैले झुक्क्याउन सक्दैनन् । कुनै तालिम अथवा केही कुराहरू बुझ्न आफै वडा र पालिकामा पुगेको हुन्छु। सीपमूलक आयआर्जन हुने तालिम रहेछ भने तालिम पनि लिन्छु ।

ठाडे गाउँकै नमुनाको रूपमा परिचित पासाङदेकि सबैले राम्रो सकारात्मक रूपमा लिन्छन्। कामलाई सानो ठुलो भन्नू भन्दा पनि मिहिनेत नै हो । सानो कामबाट नै ठुलो हुने हो । काम गराइमा लाज नमान्ने पासाङदेखि गाउँ कै उदाहरणीय अपाङ्ग भए पनि सपाङ्ग सरह नै अगाडि बढिरहेकी छन् ।

अरूको तुलनामा उनी आत्मनिर्भर छिन् । कसैसँग हात फैलाएर खानुपर्दैन उनको काम प्रति सकारात्मक रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनको बुबा आमा पनि खुसी नै छन् । छोरीले के गरेर खालि भनेर शारीरिक रूपमा त्यति फुर्तिलो नभएकी उनी तर आँटले गर्दा आज आफै गरेर खाने भएकी छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका