माछापालन महिलाको कथा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
231 Shares
रसुवा

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ (साबिकको धुन्चे गाविस वडा नम्बर ९) नागुङकि छिरिङसाङवो तामाङ २०७२ सालको भूकम्पमा परि घाइते भएकी छन् । भूकम्पले अपाङ्ग भएकी छिरिङसाङ्बोले मिहेनत र सङ्घर्षले सफलता पाएकी छन् ।

हिम्मत र परिवारको सहयोगले माछा पालन व्यवसाय राम्रै चलेको छ ।

सदरमुकाम भन्दा अलि पर रहेको नागुङ गाउँ । नागुङमा केही काम गर्नुपर्छ भन्ने उद्देश्य लिएर २०६९ सालमा नागुङ कृषि फर्म घरेलुमा दर्ता गरी माछा पालन व्यवसाय सुरु गरेका हुन् । सुरूपा आफ्नै २ लाखको खर्चमा दुई वटा पोखरी बनाएर १५ सय माछाको भुरा पाल्न थाल्यो । २०७० सालमा थप दुई वटा पोखरी बनाउन तत्कालीन कृषि विकास कार्यालयबाट ५६ हजार भुरा, रसुवा उद्योग वाणिज्य सङ्घबाट ३० हजार, लघु उद्यमबाट ३० हजार रुपैयाँ र थप आफ्नै ६० हजार गरी १ लाख २० हजार भुरा थपेर व्यवसाय बढाएको उनले बताइन् ।

२०७१ सालमा हिमाली आयोजनाले ३४ लाख रुपैयाँ बराबरको माछाको २१ हजार भूरा, दाना, मिटर १४ वटा, पोखरी निर्माण, फिल्टर, ट्याङ्की २ वटा र फ्रिज सहयोग गरेको थियो । त्यसै अनुसार मैले पनि मिहिनेत गर्दै गएपछि सहज भएको उनी बताउँछन् ।

भूकम्पबाट जीवनमा ठुलो बज्रपात

जब २०७२ सालमा भूकम्प गयो । म आफन्तको घेवामा गएर फर्किँदै गर्दा बाटोमा पहाड फुटेर पहिरोले गएर घाइते भए । त्यसपछि कम्मर भन्दा तल नचल्ने भयो।  छोराहरू र श्रीमानले म घाइते भएको सुन्ने बित्तिकै आएर मलाई जिल्ला अस्पताल लागे। त्यस ठाउँमा नहुने भएपछि काठमाडौँ लगियो । निम्सरो मानिस भएको सम्पत्ति भूकम्पले खायो । ऋण गरेर भए पनि उपचारमा मेरो परिवार लागिपरे।  मनमनै मेरो दिनहरू यति नै रहेछ अब के गर्ने भन्ने थियो ।

श्रीमान् र तीन छोराहरू साथ र सहयात्री बने । बिस्तारै उपचार हुँदै गयो । अहिले राम्रोसँग उभिन नसके पनि बैसाखीको सहाराले हिँड्न सक्छु। म अचेत र हिँडडुल गर्न नसक्दा श्रीमान् र छोराहरूले काम समाल्ने र उनीहरूले मेरो व्यवसायलाई  मर्न दिएनन्। त्यसैको फलस्वरूप आज म सफल महिला माछा पालक कृषक छिरिङसाङमो तामाङ भनेर चिनिएको छ । मैले स्कुल कलेज जीवन त बिताउन पाइन । बोली व्यवहार मिहेनतले सफलता पाएको छु ।

उमेरले ६० लागि सकेको बताउने छिरिङ साङमो अहिले पनि उतिकै जोस जाँगर छन् । आजभोलि कसैसँग सहयोग लिनुपर्दैन । आफै हिँडडुल गर्न सक्छु  । उनी भन्छिन्‚ ‘सदरमुकामबाट दुई घण्टा टाढा रहेको नागुङ गाउँमा उचित प्रचारप्रसार गरी प्रकृतिलाई नियाल्न सक्ने सम्भावना भएकाले होमस्टे खोल्ने विचार गरेको छु ।’

स्वबुद्धि विवेकलाई प्रयोग गरेर व्यवसायीमा अब्बल छिरिङसाङमो गाउँकै उदारणिय महिला व्यवसायीको रूपमा चिनिन्छ । छिरिङ साङमो जस्तो महिला नपढे पनि प्रशंसा गर्नुपर्ने काम गरिएको छ मिहिनेत नै हो‚ गाउँलेहरू उनको प्रशंसा गर्छन् ।

‘हाम्रो समाजमा त्यो बेला छोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने मानसिकताले घेरिएको थियो । सानैमा विवाह गरिदिए‚ अहिले आएर पढ्न पाएको भए ठुलै मान्छे बन्ने थिए’‚ उनी सम्झन्छन् ।

जन्मजात नभई भूकम्पले अपाङ्ग बनाएका उनी भूकम्प अघिदेखि नै समाजसेवा लगायत व्यवसायमा अग्रसर थिइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका