गायक विश्व दोङ र गायिका जमुना योञ्जनको स्वरबद्व नयाँ सेलो गीत ‘घुम्दै फिर्दै’ शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियो गायक दोङकै निर्देशन एवं संगीत रहेकाे छ भने फनिण्द्र राईले संगीत संयोजन गरेका छन् । सुर्य लामाको छायांकन एवं सम्पादनमा निर्मित भिडियोमा गायक दोङ, गायिका योञ्जन, कृष्ण ब्लोन र मिना तामाङले अभिनय गरेका छन् ।
अभि लामाको कोरियोग्राफीमा बनेको भिडियो सार्वजनिकीकरणमा आइटिसीका उपाध्यक्ष टासी लामा, बरिष्ठ गायक चन्द्रकुमार दोङ, नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा, नेपाल तामाङ घेदुङ साइप्रस शाखाकी अध्यक्ष साङ्मो थोकर, जापान तामाङ समाजका उपाध्यक्ष रुविना तामाङ, आइटिसीका सचिव रविन थिङ, ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजका अध्यक्ष सरोजमोहन लामा, नायक अमिर दोङ, गायक सुवास मोक्तान, नायिका चाँदनी मोक्तान, गायिका शशिकला मोक्तान, उषा पाख्रिन, अमिता मोक्तान लगायतको उपस्थिति रहेका थिए ।