गोसाईंकुण्ड मेला गंगादशहरा मेला सकियो‚ ५ हजार ५ सय तिर्थयात्रीहरूको आगमन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
112 Shares
रसुवा

पर्यटकीय गन्तव्यको रूपमा परिचित गोसाईंकुण्डमा जेठ ६ गते प्रतिपदादेखि १६ गतेसम्म लाग्ने गंगादशहरा मेला सकिएको छ ।

गंगादशहरा मेला भर्नका लागि यस पटक ५ हजार ५ सय तिर्थयात्रीहरु आवतजावत भएको जानकारी दिए ।

गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवा का अध्यक्ष सञ्जीव डिएमका अनुसार मानिसहरू बाह्रै महिना दैनिक ५० देखि १ सयको हाराहारीमा जाने गर्दछन् । उनका अनुसार मेला भर्न गोसाईंकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम भएकाले पनि आफ्नो मनोकाङ्क्षा पूरा गर्न मानिसहरूको ओइरो नै लाग्दछ ।

डिएमका अनुसार वर्षको दुई चोटि गङ्गा दशहरा र जनैपूणिर्मामा भव्य मेला लाग्ने भए तापनि आजभोलि मानिसहरू बाह्रै महिना ट्रेकिङको रूपमा गोसाईंकुण्ड पुग्ने गर्दछन् ।

गोसाईंकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गङ्गा दशहरा र जनै पूर्णिमामा गरी दुई पटक मेला लाग्ने गर्दछ । यो वर्षको गङ्गा दशहरा मेला शनिवार ६ गतेदेखि मेला सुरु भई १६ गते दशमीका दिनसम्म लागेको थियो ।

धुन्चे रुट, ठुलो स्याफ्रु, सिन्धुपाल्चोक नौकुण्ड पट्टीको रुटबाट पनि मानिसहरू गोसाईंकुण्ड पुग्ने गर्दछन् । ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्ड आसपासमा रहेको भैरव कुण्ड, सरस्वती कुण्ड, सुर्यकुण्ड बर्द कुण्ड लगायतका धेरै कुण्डहरूले धार्मिक आस्थाका साथमा पर्यटकीय महत्त्व बोकेको छ ।

रसुवाको सदरमुकामबाट १२ घण्टाको निरन्तर यात्रापछि पुगिने गोसाईंकुण्ड बिचबिचमा हरियो वन वारिपारिका झरना र बगेको त्रिशूल नदिका आवाज र वनस्पतिहरूको सुगन्धले यात्रालाई सहज र मनमोहक बनाउँछ ।

धर्मशास्त्र अनुसार समुन्द्र मन्थन गरेर निस्किएको कालकुट विष पिएपछि भगवान् शिव त्यसको पीडा सहन नसकी भौँतारिएर हिँडेर गोसाईंकुण्डमा आइ आफ्नो त्रिशूलले पहाडमा हानेर पानी निकालेपछि त्यो पानी कुण्डमा परिणत भयो र त्यही कुण्डमा डुबेर महादेव ले कालकुट विष सहन गर्नु भएको भन्ने कथन छ ।

भगवान् शंखर विराजमान रहेको पौराणिक धार्मिक कुण्डमा पूजा आराधना गर्नाले धनधान्य हुने र सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।

१०८ कुण्ड रहेको रसुवामा बर्सेनि हजारौँको सङ्ख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि ४३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ ।

अघिल्ला २ वर्षमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन हुने गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष डिएमले बताए ।

यस पटक दशहरामा पनि यतिको मानिस आएको र निकुञ्ज भ्रमण पनि सफल भएको अनुमान गरेको लामटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एव सूचना अधिकारी मिलन सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका