सेनाले थाल्यो विपद् प्रतिकार्य प्रशिक्षण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
189 Shares
रसुवा

नेपाली सेना विष्णु दल गणले विपद् प्रतिकार्य सम्बन्धी ९ दिने प्रशिक्षण दिन थालेको छ ।

रसुवाको उतरगया गाउँपालिकाको ६ वटै वडामा विपद् सम्बन्धी कार्य गर्ने गरी तोकिएको सम्पर्क व्यक्ति हरूका लागि सेनाले तालिम दिन सुरु गरेको हो ।

उतरगया गाउँपालिकाको आयोजनामा विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समिति सहयोग तथा प्रतिबद्ध, पिपुलई, नीड, सिएसआरसि, कधल, सेभ द चिल्ड्रेनको सहकार्यमा गाउँपालिका प्रमुख माघव अर्यालले तालिमको शुभारम्भ गरिएको हो ।

नेपालमा हुन सक्ने भूकम्प, बाढी, पहिरो, महामारी, खडेरी, हिमाल विस्फोटन, आगलागी, आँधीबेहरी, चट्याङ तथा दुर्घटनालाई न्यूनीकरण गर्न तथा विपद् भएको अवस्थामा त्यसको उद्धार तथा प्रतिकार्यका लागि अपनाउनुपर्ने सजगताबारे प्रशिक्षणमा जानकारी गराइनेछ ।

स्थानीय तहले विपद्को समयमा नागरिकहरूको जनधनको सुरक्षा का लागि अपनाउनुपर्ने आयका बारेमा जानकारी नेपाली सेनाले दिने प्रशिक्षण महत्त्वपूर्ण र उपलब्धिमूलक हुने पालिका अध्यक्ष माघव अर्याल बताए । यस्ता तालिम र अभ्यासले नागरिकलाई तत्कालै उद्धार गर्न सहज हुनेछ सिकेको सिकाइलाई स्थानीय स्तरमा उतार्न आवश्यक छ।

यस गाउँपालिकाको ६ वटै वडामा वडा अध्यक्ष सहित अन्य ३० जना व्यक्ति हरूको समूह बनाइ ९० जनाले ६ वटा वडाहरूमा ३ दिन एक वडा मा,३ दिन अर्को वडा ३ दिन अर्को वडामा विपद् प्रतिकार्य प्रशिक्षण गराइने छ ।१९ र २४ गते त्यहाँका स्थानीयलाई पायक पर्ने ठाउँमा सेनाले स्वास्थ्य शिविर समेत राख्नेछ ।

अभ्यास मार्फत विपद् न्यूनीकरण गर्ने उद्देश्य अनुरूप आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा तालिम प्राप्त व्यक्तिहरूले अभ्यास गराईनेछन । प्राथमिक उपचारका साथै उद्धार, विपद् र विपद्पछि गर्ने कार्यका बारेमा जानकारी गराइने र सिकेको सिकाइलाई स्थानीय स्तरमा भएका स्रोत र साधनको प्रयोग गरी र उद्धारका लागि अभ्यास गराइने छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका