अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलनमा कवि एवं सञ्चारकर्मी राजु स्याङतानका कविता सङ्ग्रह ओ पेङदोर्जेका कविताहरु गुन्जिएका छन् ।
थाइल्यान्डको हुहाइन सहरस्थित हुहाइन ग्राण्ड होटेलको सेमिनार हलमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा उनका कविता गुन्जिएका हुन् ।
करिब १ महिनाअघि काठमाडौँमा लोकार्पण भएको राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे !’ अहिले धेरै पाठकले रुचाएका छन् । कवि स्याङ्तान आफ्नो कविता सङ्ग्रह सहित देशभर पोयट्री टुरमा व्यस्त छन् ।
कवि स्याङ्तानले सम्मेलनको पहिलो दिन तामाङ सभ्यतामा आधारित कविताहरू सुनाएका हुन् ।
स्याङ्तानले बैंककको कार्यक्रमलाई पनि पोयट्री टुरकै हिस्सा भएको बताए । उनले भने, ‘हामी देशभर पोयट्री टुरमा व्यस्त छौँ । संसारभरिका तामाङहरूलाई कविता सुनाउन पाउने अवसरले उत्साहित भएको बताए ।’
‘पब्लिकेसन्स नेपालय’ले प्रकाशित गरेको यो कवितासंग्रह स्याङ्तानको पहिलो कृति हो ।