आइटिसीको निर्वाचन सुरु‚ ३ पदमा मात्र निर्वाचन हुने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
308 Shares
थाइल्याण्ड

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलनको आज नयाँ कार्यसमिति छनोट चरणका कार्यहरू भइरहेका छन् । शनिवार साँझबाट सुरु भएको बन्द सत्रको अन्तिम नतिजा आज आउनेछ ।

सम्मेलनको संशोधित विधान अनुसार नयाँ कार्यसमिति पाउनेछ ।

संशोधित विधानअनुसार अध्यक्ष १ जना‚ महासचिव १ जना‚ उपमहासचिव २ र ९ वटा विभागहरू हुनेछन् ।

बन्द सत्रबाट महासचिव र उपमहासचिवमा निर्वाचन प्रणालीबाट छनोट हुने निर्वाचन आयोगका प्रमुख अधिबक्ता डा. कुन्साङ योन्जनले जानकारी दिए ।

महासचिवका लागि सम्मेलनमा राष्ट्रिय वा स्थायी सदस्यको प्रतिनिधि/ आयोजन भई राष्ट्रिय सदस्य सङ्गठनले परिषद्को महासचिव पदमा उम्मेदवार हुन सिफारिस प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ ।

त्यस्तै उपमहासचिव खुल्ला १ जना हुन पाउनेछ । जसमा राष्ट्रिय वा स्थायी सदस्यको प्रतिनिधि/ आयोजन भई राष्ट्रिय सदस्य सङ्गठनले परिषद्को महासचिव पदमा उम्मेदवार हुन सिफारिस प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ । त्यस्तै अर्को सम्बन्धन सङ्गठनबाट उपमहासचिवमा उम्मेदवार हुन योग्य हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया