मंसिरमा घेदुङ प्रदेश नम्बर २ को अधिबेशन हुने

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को प्रथम अधिबेशन आगामी मंसिर २१ र २२ गते गर्ने भएको छ । शनिबार महोत्तरीको बर्दिबासमा बसेको नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को बृहत बैठकले प्रदेश अधिबेशनको तिथि तय गरेको हो ।

बैठकले प्रदेश अधिबेशन भन्दा अगावै कार्तिक मसान्तभित्र पालिका र जिल्ला भेला सक्ने निर्णय समेत गरेका छन् । भेलालाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेका छन् ।

महोत्तरीको बर्दिवासमा हुने अधिबेशन तयारीका लागि डेनोक मोक्तानको संयोजकत्वमा आर्थिक ब्याबस्थापन समिति, कमला वाईवाको संयोजकत्वमा मंच व्यवस्थापन, बृजमान तामाङको संयोजकत्वमा सूचना तथा प्रचारप्रसार समिति, यमलाल गोलेको संयोजकत्वमा अतिथि सत्कार समिति र राम बहादुर ग्लानको संयोजकत्वमा कलाकार ब्याबस्थापन समिति गठन गरेका छ्न् ।

अधिवेशनमा विभिन्न पालिका र ८ जिल्लाबाट १ सय ७५ जना प्रतिनिधि रहने घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तानले जनाएको छ ।

बैठकद्वारा प्रतिनिधि शुल्क एक हजार तोकिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका