आइटिसी अब महासचिब प्रणालीमा, आयोजक राष्ट्र अध्यक्ष पदेन रहने व्यवस्था

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
665 Shares
थाइल्यान्ड

अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) को पाँचौँ सम्मेलनले महासचिव कार्यकारी र आयोजक राष्ट्रको अध्यक्ष पदेन रहने व्यवस्था गरिएको छ ।

आइतबार थाइल्यान्डको हुहाईन सहरमा भएको सम्मेलनले संसोधित बिधानलाई पारित गर्दै अब महासचिव कार्यकारी रहने ब्यवस्था गरिएको हो ।

बिधान संसोधन संयोजक अधिवक्ता डा.कुन्साङ योन्जनका अनुसार नयाँ बिधान अनुसार महासचिवको अध्यक्षता सचिवालय गठन गरिनेछ । जसमा महासचिव, उपमहासचिव, सचिवहरु र बिषयगत सदस्यहरु रहन्छ ।

सम्मेलनले अध्यक्षमा थाइल्याण्डका चम्पा डोल्मा बमजन निर्वाचित भएकी छन ।

महासचिवमा टासी लामा (नेपाल), उपमहासचिवमा लक्यान लामा (अमेरिका), सचिवमा शुभराज भोम्जन (कोरिया), रामप्रसाद तामाङ (खुल्ला-भारत), बुद्वमाया तामाङ (राेमानिया), कोषाध्यक्षमा हवालचन्द्र लामा (जापान) रहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका