रसुवाको जनगणना २०७८ को नतिजा सार्वजनिक

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
2k Shares
रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवामा तथ्याङ्क कार्यालय नुवाकोटले सरोकारवालाहरूमाझ रसुवाको राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय नतिजा सार्वजनिक गरेको छ ।

जेठ २३ गते नतिजा सार्वजनिक गर्दै पुरुष २४ हजार ०३५ जना र महिला २२ हजार ६ सय ५४ गरी नेपालको कुल जनसङ्ख्या ४६ हजार ६ सय ८९ रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

करिब १५ सय १२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर जिल्लाको जनघनत्व ३० रहेको छ । जनसङ्ख्या वृद्धिदर ०.७२ प्रति वर्ष छ । विदेशमा बस्ने २३ सय ०२ जना रहेका छन् जसमध्ये पुरुष १३ सय २९ जना र ९ सय ७३ जना महिला रहेका छन् । जिल्ला छोडी नेपालकै अन्य बस्ने ४ हजार ८ सय ३६ जना रहेका छन् । १२ सय ९३ जना विभिन्न किसिमको अपाङ्गता रहेका छन् ।

जिल्लामा ६९.६० प्रतिशत साक्षरतामा ७६ प्रतिशत पुरुष‚ ६३ प्रतिशत महिला रहेका छन् । जिल्लाभर ११ हजार १ सय परिवारमध्ये ४ हजार १ सय ३५ परिवारको घर परिसरभित्र धारा र घरबाहिर धारा ६३ सय परिवार छन् । ७८ परिवारले खुला इनार‚ १० परिवारले ढाकेको इनार‚ ५ सय ३७ परिवारले मुलधारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाइएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामिले जानकारी दिए । उनको अनुसार जिल्लामा रहेको ११ हजार १ सय ३१ परिवारमध्ये घरको स्वामित्वलाई हेर्दा १० हजार ७ सय ५२ परिवार आफ्नो घरमा बसेको र २ सय ४३ परिवार भाडामा, ९० परिवार संस्थागत घरमा र ४६ परिवार अन्य किसिम घरमा बताए ।

महिलाको स्वामित्वमा रहेको घरजग्गा हेर्दा रसुवामा १ सय ८८ जना, जग्गा मात्रै नाममा भएका महिला ६ सय ३८ जना, घर र जग्गा दुवै नाममा भएका महिला ९ सय ५० जना रहेका छन्। खाना पकाउने इन्धनको प्रयोगका आधारमा हेर्दा रसुवामा ७ हजार ५ सय ६५ परिवारले खाना पकाउन दाउराको प्रयोग गरेको, ३ हजार ५ सय १७ परिवारले एलपि ग्यास, १७ परिवारले बिजुली, २५ परिवारले बायो ग्यास प्रयोग गरेको भेटियो । अक्सर बत्ती बाल्न बिजुली प्रयोग गर्ने परिवार १० हजार ८ सय ३५, सोलर प्रयोग गर्ने परिवार १ सय ८६, मट्टितेल प्रयोग गर्ने परिवार ५० रहेका छन् ।

१ सय ३४ परिवारसँग फ्लस सार्वजनिक ढलमा जोडिएको चर्पी रहेको ७ हजार ४ सय ८५ परिवारसँग फ्लस सेप्टी ट्याङकी भएको चर्पी ३ हजार १ सय ६८ परिवारको खाल्डे चर्पी, ५९ परिवारले सार्वजनिक चर्पी प्रयोग गर्ने गरेको र २ सय ८५ परिवारको घरमा चर्पी नभएको तथ्याङ्क रहेको छ ।

रसुवा जिल्लाभर २६ वटा जातजातिहरू रहेका छन् । जसमध्ये सबैभन्दा बढी ३२ हजार १ सय २७ जना तामाङ रहेका छन् । १० वटा धर्म प्रचलनमा रहेका छन् । बौद्ध धर्म मान्नेको सङ्ख्या ३३ हजार ०७५ रहेका छन् । विभिन्न भाषा १६ वटा र बढी बोल्ने तामाङ भाषा ३१ हजार ५ सय ३३ जनाले बोल्ने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका