रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका (साबिकको धुन्चे गाविस वडा नम्बर १ ) वडा नम्बर ६ ठाडे निवासी कुबिरि घले ८९ वर्षको भइन् ।
२० वर्ष अगाडि श्रीमान् बितेपछि एकल जीवन बिताइरहेकी छन् । उनले दुई छोरा र दुई छोरी छन् । पेसाले कृषक उनी मेलापात‚ घाँस‚ दाउरा र गोठाले जीवन बिताइन् । उमेरले डाँडो काट्दै गर्दा नातानातीनि र इष्टमित्रहरू भए पनि एक्लोपनको महसुस हुने उनी बताउँछिन् ।
छोरा र छोरीको विवाहपछि सन्तान भए । दुई छोरा र एक छोरीको मृत्यु पनि भइसक्यो ।
‘श्रीमान् छोराछोरी पनि आफू भन्दा पहिले बितेपछि बिरक्ता लागेर एक्लै बस्न मन लागेर कटेजमा बस्छु’‚ उनले सुनाइन्‚ ‘अहिले नातानातीनिहरूले त सँगै बस्नु भन्छन् तर म बस्न इच्छा लाग्दैन ।’
उमेरले बुढेसकाल लाग्यो । कान राम्रोसँग नसुन्ने गाउँलेले नातिनीहरूसँग बस्नु भन्दा अरूको निगरानीमा नरुचाउने उनी बताउँछिन् । ‘जति बाँच्छु त्यतिन्जेल एक्लै बस्छु‚ उनी भन्छिन्‚ ‘आफ्नो खटन गरेर हालीमुहाली गरेर बसेको बानी अहिले अरूले दिएको खाएर बस्न मन नभएर वारिको पाटामा कटेज बनाए बसिरहेको छु।’
‘जिन्दगीका सुखदुख आरोह अवरोह रहेछ । आफूलाई जन्म दिने आमाबुबा र जिन्दगीभर साथ दिने श्रीमान् र आफूले जन्माएको छोराछोरीले त छोडे भने अरू भनेको त्यस्तै हुन्’‚ उनी बिरक्तिएर सुनाउँछन् । मेरो कारण कसैलाई बोझ नहोस् भनेर एक्लै बसेको हो‚ उनले भनिन् । ‘किबुरि निरोगी छिन् । आँखा राम्रो देख्छन् । अलि कान सुन्नु हुन्न उति वेला छोरी मान्छेले पढ्न पाउँदैन । पढ्न पाएको भए म पनि जागिर खान्थे । नपढे पनि घर व्यवहार राम्रो हेरेको थिए’‚ उनी विगतका पलहरू सम्झन गर्छिन् ।
‘अहिले नातानातिनिहरूले हामीसँगै बस भने पनि मलाई बस्न मन लाग्दैन । अरूको के सोझ बन्न भनेर नबसेको उनी सुनाउँछिन् । ज्येष्ठ नागरिक भत्ता निकालेर नातिहरूले ल्याईदिन्छन त्यसैले खाना पुग्छ । जतिन्जेल बाँच्छु त्यतिन्जेल एक्लै कसैलाई दुख दिने नियत मेरो छैन’‚ उनले भनिन् ।
एक्लै जीवन बिताउन सहज त छैन । तैपनि बिताउने प्रयास गरिरहेको छु । ज्येष्ठ नागरिक भएपछि अरूले राम्रो भने पनि नराम्रो सुनिने हुन्छ। त्यही भएर कसैको सोझ नबनी एक्लै बसेको उनले सुनाइन् ।