समाजसेवामा ड्वाङफिन्जो

रसुवा

समाजसेवामा लाग्न न त उमेरले छेक्छ, न त कुनै परिस्थितिले । सानै उमेरमा जसोतसो गरिखाने मेलो खोज्दै हिडेका एक जना तामाङ ठिटोलाई हेरे हुन्छ । नामै काफी छ, ड्वाङफिन्जो तामाङ ।

स्याफ्रुवेशीका तामाङ २२ औं बसन्तमा लाग्दै गर्दा समाजसेवामार्फत आफुलाई उभ्याउने लागेका छन् । त्यसो त उनका गाउँघरमा यथेष्ठ विकृति विसंगतिहरु पहिला पनि नभएका होइनन् । अहिले भने उनले यसलाई चिर्दै अगाडि बढ्ने अठोट लिएका छन् ।

उनी नेपाल तामाङ विद्यार्थी घेदुङमा आवद्ध भई समाजसेवामा लागेका हुन् । हाल उनी सचिवको जिम्मेवारी निभाइरहेका छन् । उनी हराउदै गएको तामाङ भाषा, धर्म र परम्पराको जगेर्ना गर्न थालेको बताउँछन् ।

जसोतसो उच्च शिक्षा हासिल गर्दै गरेका तामाङ समाजलाई आफुले जस्तै दुख अरुले नपाओस भनी विविध कार्यक्रमहरु चलाउने बताउँछन् ।

तामाङ समाजमा व्यप्त अशिक्षा, अज्ञनता र गरीबीबाट सिर्जिट विकृति विसंगतिलाई जरैबाट उखेलेर मिल्काउने कार्यमा समाजलाई अब्हान पनि गर्छन्, युवा तामाङ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका