वडाध्यक्ष तिलकबहादुरलाई अर्थमन्त्री महतद्वारा श्रद्धाञ्जली अर्पण

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares
नुवाकोट,ककनी

नुवाकोट ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर लामा (रुम्बा) को निधनप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

नुवाकोटस्थित गाउँपालिका वडा २ कै काउलेथानास्थित लामाको घर पुगेर उनको पार्थिव शरीरमा अर्थमन्त्री महतले नेपालको झन्डा र पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

श्रद्धाञ्जली दिँदै अर्थमन्त्री महतले उनको निधनले ककनी गाउँपालिकाले एउटा अभिभावक गुमाएको महसुस गरेको बताए । अर्थमन्त्री महतले भने, ‘दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली काँग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य थिए।

श्रद्वान्जली अर्पण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत

मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका लामाको मधुमेह र रक्तचाप नियन्त्रण हुन नसक्दा उपचारमा ढिलाइ भइरहेको थियो । परिवार स्रोतका अनुसार उनलाई आफ्नै नातेदारले मिर्गौला दिने भएको थियो र प्रत्यारोपणको तयारी समेत पुरा भएको थियो ।

उनको निधनमा बिहीबार ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिएको कार्यपालिका आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।

अविवाहित लामाको उनको आमा र भाइ छन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका