रसुवामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्यो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
119 Shares
रसुवा

सरकारले लामो समयदेखि राजश्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्यात रसुवामा पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ ।

मालपोत कार्यालयबाट समेत रजिस्ट्रेसन मा राजश्व छुट पाएसँगै महिलाहरूको नाममा जग्गा पास गर्ने कार्य बढ्न थालेको मालपोत कार्यालय रसुवाका प्रमुख गणेश श्रेष्ठले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा २२ हजार ६ सय ५४ महिला को जनसङ्ख्या रहेको र महिलाको नाममा उल्लेखनीय रूपमा जग्गा पास गर्ने को सङ्ख्या पनि धेरै रहेका छन् । २५ प्रतिशत सदरमुकाम आसपासका र अन्य क्षेत्रमा ५० प्रतिशत राजश्व छुट हुने भएपछि जग्गा पास गर्नेको सङ्ख्या बढेको मालपोत अधिकृत श्रेष्ठले जानकारी दिए ।

८ सय २६ रसुवालि महिलाले एकल रूपमा भू–स्वामित्व कायम रहेको र ती मध्ये १ सय ८८ महिला को घर निर्माण र ६ सय ३८ महिलाको जग्गा मात्रै रहेको छ । ९ सय ५० महिलाको भने श्रीमान बिच संयुक्त जग्गाधनि प्रमाणपत्र पुर्जा लिएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामिले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका