बागमती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार विनियोजन (पूर्णपाठ)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
252 Shares
हेटौडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार विनियोजन गरेको छ ।

शुक्रवार आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले सो नीति‚ कार्यक्रम र बजेट संसद्मा पेस गरेका हुन् ।

जसमध्येबाट चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ र वित्तीय व्यवस्था ५० करोड विनियोजन गरेको अर्थमन्त्री लामाले जानकारी दिए ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख रुपैयाँ‚ अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख रुपैयाँ, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ व्यहोरिने अनुमान गरिएको छ ।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका