कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
सुर्खेत

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ ।

शुक्रवार प्रदेश संसद्मा बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले चालुतर्फ ९ अर्ब २० लाख २४ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको हो।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार रुपैयाँ, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम ७ अर्ब ४१ करोड ६ लाख ५ हजार रुपैयाँ, सङ्घीय सरकारबाट राजस्व बाँडफाँट बापत प्राप्त हुने रकम ८ अर्ब ८४ करोड ३ लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब १६ करोड ४१ लाख रुपैयाँ र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ परिचालन गरिनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका