गण्डकी सरकारले ३१ अर्ब ४२ करोड ७२ लाख बजेट प्रस्तुत‚ अघिल्लो वर्षको तुलनामा करिब ४ अर्ब कम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
पोखरा

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

शुक्रवार प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार रुपैयाँ र पुँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार बजेट विनियोजन गरेका हुन् । 

यसअघि चालु आर्थिक २०७९र८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यस आधारमा आगामी वर्षको बजेट झन्डै ४ अर्बभन्दा बढी घटेर आएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका