लुम्बिनीले ४० अर्ब बजेट विनियोजन‚ गत वर्षको भन्दा २ अर्ब कम

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
बुटवल

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट विनियोजन गरेको छ । यो गत वर्ष भन्दा २ अर्ब १६ करोड कम  हो ।

शुक्रवार प्रदेश सभा संसद्मा बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार रुपैयाँ र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

यसै गरी बजेटमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ७१ लाख सङ्कलन हुने अनुमान गरिएको छ । यस्तै सङ्घबाट राजस्व बाँडफाँडबाट ११ अर्ब ३ करोड ७४ लाख, रोयल्टीबाट २९ करोड,स्थानीय तहबाट २ अर्ब ५० करोड ३० लाख सङ्कलन हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका