साउदी सरकारद्वारा भिजिट भिसा शुल्कमा भारी कटौती

रियाद, साउदी

साउदी सरकारले नेपालीहरुका लागी भिजिट भिसा शुक्लमा भारी कटौती गरेको छ । भिसा शुल्क साउदी सरकारले ८९ औं स्वतन्त्र दिवस पारेर कटौती गर्ने निर्णय गरेको साउदीका लागि नेपाली राजदूत प्रा.डा.महेन्द्र सिंह राजपुतले जानकारी दिए ।

राजदूत राजपुतले यहा कार्यरत नेपालीहरुका हितका लागि साउदी सरकारले गरेका निर्णय दूतावासको ठुलो संघर्षका उपलब्धि भएको बताए । यसअघि भिसा शुल्क मात्र लाग्ने खर्चले अब भने हवाई टिकटको समेत जोहो हुन्छ, राजदूत राजपुतले भने ।

लामो समयदेखि २ हजार रियाल नेपाली हालको मुद्रा अनुसार ६० हजार रुपैयाँ लिदै आएको भारी कटौतीपछि ३ सय रियाल अर्थात नेपाली १० हजार रुपैयाँ भिसा शुल्क लाग्नेछ । साउदी सरकारको यस निर्णयले यहास्थित विभिन्न पेशा, व्यवसाय लगायतमा आबद्ध नेपालीहरुलाई ठुलो राहत भएको छ । अब नेपालबाट परिवारलाई ल्याउन थोरै खर्चले पुग्ने भएपछि साउदी सरकारको प्रसंशा समेत नेपालीहरुले गरेका छन् ।

साउदीसँग नेपालको दौत्यसम्बन्ध सुरु भएयता हालसम्म नेपाली श्रमिकका दुख पीडालाई नजिकबाट नियाल्ने, श्रमिकका समस्यालाई सम्बन्धित निकायमा पुर्‍याउन सक्ने र नेपाली समुदायसँग घुलमिल गरिरहने राजदूतका रुपमा राजपुतलाई हेर्न थालिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया