मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम रसुवामा पनि सुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
140 Shares
रसुवा

प्रदेश सरकारले कुनै पनि बासिन्दा पैसाको अभावमा स्वास्थ्य उपचारबाट विचलित हुन नपरोस् भन्ने उद्देश्यले रसुवामा पनि बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लागू गरेको छ ।

रसुवा अस्पताल धुन्चेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमितकुमार शाहका अनुसार उक्त कार्यक्रम रसुवा अस्पतालबाट सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए । अस्पतालमा साताको सातै दिन सेवा दिने र नागरिकको स्वास्थ्य अवस्थाको मापन स्वास्थ्य पहिचान र स्वास्थ्य अवस्थाको आधारमा जीवनशैलीमा परिवर्तन ल्याउने र ३० वर्ष वा सो भन्दा माथिको उमेरका व्यक्ति हुनुपर्ने बताइएको छ ।

नसर्ने रोगहरू खास गरी मुटु तथा रक्त नली, दम, मधुमेह, क्यान्सर जस्ता रोग भएका व्यक्तिहरूको समयमै पहिचान गरी सोबाट हुने मृत्युदर कम गर्नको लागि यस कार्यक्रम सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशमा यस खालका रोगहरू दुई तिहाइभन्दा बढी रहेकोले तिनका जोखिमहरू समयमै पहिचान गरी उचित परामर्श, स्वास्थ्य व्यवहार, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिनको लागि यस कार्यक्रमको उद्देश्य रहेको छ । नसर्ने रोग जटिल हुन नदिन तथा हृदयाघात, मस्तिष्कघात, अव्सटेट्रिक फिस्टुला लगायत नसर्ने रोगको रोकथाम, नियन्त्रण, न्यूनीकरण, निदान र उपचारमा आर्थिक सहायता तथा सहुलियत दिने र सहजीकरण गर्ने भएकाले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने आज अभिमुखी कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले स्वास्थ्य उपचारमा सहभागी हुन नसक्ने नागरिकहरूका लागि रसुवामा पनि स्थानीय तहमा निःशुल्क स्वास्थ्य बिमा सुरु भइसकेको बताए । यस्तो अवस्थामा रसुवाको सेवा विस्तारले नागरिकहरू खुसी हुँदै गएको तर भौतिक पूर्वाधार तथा जनशक्ति अनुसारको उपकरण नहुँदा समस्या भएको बताए । जनशक्ति अभावका कारण सेवा नरोकिने प्रतिबद्धता गर्दै जिल्लाको अस्पतालमा गुणस्तर सुधार र सबै नागरिकहरूले सहज सेवा पाउने गरी विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा रसुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमितकुमार शाह‚ रसुवा अस्पतालका ल्याब टेक्निसियन सरोज रोक्का, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा आचार्य, स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भिमसागर गुरागाईँ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलगायतले अस्पतालको विगतमा रिफर सेन्टर बने पनि अहिले अस्पतालले आमूल परिवर्तन गरी सेवामा समर्पित रहेको बताएका छन् ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम बागमती प्रदेशअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका