रसुवामा आयुर्वेदिक सेवा विषयक सचेतना कार्यक्रम सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
140 Shares
रसुवा

रसुवा जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रले दुई दिने आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका‚ प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यालय र नर्सहरूलाई आयुर्वेद सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रम संयोजक वरिष्ठ वैध प्रेमशंकर प्रसादका अनुसार गोसाईंकुण्ड गाउँपालिकाभित्रका विद्यालयहरूका प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यालय र नर्सलाई ‘स्वास्थ्य आहार विहार पवित्र आचार’ भन्ने मूल नाराका साथ विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत उनीहरूलाई आयुर्वेदिक पद्धतिलाई पनि आत्मसात् गरून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तै असार २ गते महिला स्वास्थ्य स्वयंसेविकालाई पनि आयुर्वेदिक पद्धतिबाट प्रदान गरिने सेवाको बारेमा जागरूक बनाई मृत्युदर घटाउनको लागि आयुर्वेद चिकित्सा सेवा र जडीबुटीहरूबारे जानकारी दिएका थिए ।

त्यस्तै आयुर्वेद संस्थाबाट प्रदान गरिने सेवाहरूबारे जानकारी गराउने उद्देश्यले र ग्रामीण भेगका बासिन्दाहरूले पनि आयुर्वेद सेवाबारे जानकारी लिएर उपचार गर्न आउन भन्ने सन्देश प्रवाह गर्न सचेतना कार्यक्रम गरिएको डाक्टर चन्द्र वोलिशाहले बताए ।

अझै पनि कतिपय ठाउँहरूमा आयुर्वेदिक उपचार थाहा नभएको र अबका दिनहरूमा आयुर्वेदिक सेवाबारे आम नागरिकहरूले थाहा पाउन जरुरी रहेको उनले बताए । आयुर्वेदिक उपचारले तत्कालै रिजल्ट नदेखिने भए तापनि बिस्तारै रोगहरू निको हुने स्वास्थ्यलाई पनि लाभ हुने भनेकाले सबैले यसतर्फ आकर्षण हुन जरुरी रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका