बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । मङ्गलवार पालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रम आयोजना गरी पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन् ।
गाउँपालिकाको प्रमुख वीर बहादुर लोप्चनको अध्यक्षतामा सम्पन्न उक्त घोषणा कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा. अर्जुनप्रसाद सापकोटाले गाउँपालिकाका अध्यक्षलाई बागमती गाउँपालिका पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र प्रदान गरेका थिए । भने गाउँपालिकाबाट पालिकाका सातै वटा वडालाई पूर्ण खोप सुनिश्चितता प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख भक्त बहादुर दर्लामी मगर‚ खोप अधिकृत पार्थमणी न्यौपाने‚ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, सात वटै वडाका वडा अध्यक्षहरू, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरू, सात वटै वडाका स्वास्थ्य चौकीका प्रमुखहरू र गाउँपालिका भित्रका स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमसँगै सातै वटा वडाका वडा अध्यक्षज्यू एवम् स्वास्थ्य चौकीका प्रमुखहरूलाई Electronic Health Registration (EHR) सिस्टम पूर्ण रूपमा लागू गर्न अभिमुखीकरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्मा घिमिरेले जानकारी दिए ।
बागमती गाउँपालिकालाई बालमैत्री उन्मुख स्थानीय तह बनाउन उन्मुख अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष विर बहादुर लोप्चनको प्रमुख आतिथ्यतामा बालमैत्री स्थानीय तह घोषणाका लागि अभिमुखीकरण कार्यक्रम सम्मपन्न गरेको हो।
बागमती गाउँपालिकालाई २०८२ चैत्र मसान्तभित्र पूर्ण बालमैत्री स्थानीय तह घोषणा गर्ने सामूहिक प्रतिवद्धता जनाइएको छ ।