‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौं

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

यो फिल्म यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई फाइनल भइसकेका छन् । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रूपमा बुद्धि तामाङ भित्रिएका हुन् ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा उनी निर्माताका रूपमा पनि जोडिएका छन् । फिल्मको छायाङ्कन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

यो फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटस्का लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया