शंखरापुर नगरपालिकाले १ अर्ब १७ करोडको बजेट सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
काठमाडौं

शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

बिहीबार इन्द्रायणीमा भएको नवौँ नगर सभामा १ अर्ब १७ करोड ५८ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

सो नगर सभामा नगरप्रमुख रमेश नापितले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने

उपप्रमुख समिता श्रेष्ठले बजेट विवरण प्रस्तुत गर्दै चालु खर्चतर्फ ४८ करोड, ५१ लाख, ६८ हजार ६८७ रुपैयाँ अर्थात् ४१.४ प्रतिशत र पुँजीगत खर्चतर्फ ६८ करोड, ८१ लाख, ५३ हजार ३५३ रुपैयाँ अर्थात् ५८.६५ प्रतिशत विनियोजन गरेकी हुन् ।

यस्तै वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ अर्थात् ०.२१ प्रतिशत गरी १ अर्ब १७ करोड ५८ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो बजेटमा सङ्घीय र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणबाट प्राप्त हुने सामाजिक सुरक्षा बापतको रकम भने समावेश नगरिएको उपमेयर श्रेष्ठले बताइन् ।

नगरपालिकाको आगामी आर्थिक वर्षको कुल आय मध्ये आन्तरिक स्रोतबाट २० करोड १२ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ५३ करोड ४० लाख ९ हजार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ४४ करोड १ लाख १३ हजार उठ्ने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

यस्तै शंखरापुर नगरपालिकाका ९ वटा वडालाई ५०–५० लाखका दरले कूल ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ कुल विनियोजित बजेटको २५ प्रतिशत अर्थात् २९ करोड ३९ लाख ५५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । यस्तै पूर्वाधार विकास तर्फ ३५ प्रतिशत अर्थात् ४१ करोड १५ लाख ३७ हजार ७ सय रुपैयाँ विनियोजन भएको छ । वातावरण तथा विपद् व्यवस्थापन तर्फ कूल विनियोजित बजेटको १० प्रतिशत अर्थात् ११ करोड ७५ लाख ८२ हजार २ सय रुपैयाँ विनियोजन भएको छ । सुशासन तथा संस्थागत विकास तर्फ कुल बजेटको ९ प्रतिशत अर्थात् १० करोड ५८ लाख २३ हजार ९ सय ८० रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका