जनकपुरधामले ल्यायो २ अर्ब २८ करोडको बजेट

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शुक्रवार उपमहानगरपालिकाको १० औँ नगर अधिवेशनमा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित आयव्ययको प्रस्तुत गरेका हुन् ।

चालु खर्च १ अर्ब १३ करोड ६२ लाख, पुँजीगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी सञ्चालनतर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उल्लेखित खर्च व्यहोर्न कुल राजश्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेस गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार० तथा यूआरएलआईपी सञ्चालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

आन्तरिक स्रोततर्फ आन्तरिक राजश्व २१ करोड, नेपाल सरकार राजश्व बाँडफाँटबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँटबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै उपमहानगरपालिकाको सञ्चित कोषमा बैङ्क मौज्दात २० करोड रहने अनुमान छ ।

बाह्य स्रोततर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार० राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घीय सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, समपूरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम सञ्चालनको लागि ४० करोड १२ लाख २३ हजार गरी जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका