दशैं आदिवासीको हो, दशैं आदिवासीको होइन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

आदिवासी जनजातिहरुमा दशैं मान्ने वा नमान्ने भन्नेमा दुई मत देखिएको छ । राजधानीमा आइतबार आयोजना गरिएको आदिवासी र जनजाति विषयक सम्वाद कार्यक्रमका क्रममा आदिवासी अगुवा तथा अभियन्ताहरुबीच मत बाझिएको हो ।

त्रिभूवन विश्वविद्यालय मानवशास्त्र बिभागका प्रमूख तथा मानवशास्त्री डा. डम्बर चेम्जोङले दशैं शक्ति र सत्तासँग सम्बन्धित भएको हुँदा यसको सांस्कृतिक महत्व नभएको जिकिर गरे । अर्का अभियन्ता डा. कृष्णराज सर्बहारीले दशैं थारुहरुको सामाजिक र सांस्कृतिक विषयसँग जोडिएको हुँदा बहिस्कार गर्न नसकिने धारणा राखेको थियो ।

‘दशैंमा सबैले रामलाई पूजा गर्छन् तर थारुहरुले रावणलाई पूजा गरेर परम्परागत रुपमा दशैं मनाउँछन्’ सर्वहारीले भने, ‘थारुहरुले दशैंमा गुरुबाबालाई पूजा गर्छन्, अरुले दुर्गा पूजा गर्ने हाम्रो चलन छैन । यसले दशैं बहिस्कार गर्ने हो भने गुरुबाबा पूजा गर्ने र बडघर भल्मन्छा जस्ता परम्परा पनि मासिन्छन् ।’

तर, मानवशास्त्री चेम्जोङले भने दशैं सत्तासँग सम्बन्धित भएका कारण आदिवासी र उनीहरुको संस्कृतिसँग कुनै साइनो नभएको धाराणा राखे । उनले भने, ‘जुनजुन लिम्बूहरुले दशैं मनाए, उनीहरु सत्ता र शक्तिसँग नजिक थिए, उनीहरुले सत्ता रिझाउन मनाएका थिए । तर, अहिले उनीहरुको भूमि तथा सत्ता खोसिएको हुँदा यो प्रचलन पनि छैन ।’

इन्सिटयुट फर सोसियो कल्चरल सिरर्च एन्ड एनालिसिस नामक संस्थाले ‘सामाजिक सांस्कृतिक सम्वाद श्रृंखला’ अन्तर्गत छलफल कार्यक्रमकाे आयोजना गरिएकाे थियाे ।

संस्थाका कार्यक्रम संयोजक नवराज लामाले सन्चालन गरिएको कार्यक्रममा अनुसन्धानकर्ता मनकुमारी ठाडा मगरले दशैंमा देखिएको समाजिक र सांस्कृतिक समस्याका बारे बोलेका थिए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका