सेदङ गुरु गोम्वा म्हानि अ‍ोझेलमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
35 Shares
रसुवा

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका २ टिमुरे खैदिमा रहेको सेदङ गुरु गोम्वा म्हानि अ‍ोझेलमा रहेको छ । सातौँ शताब्दीमा गुरु रिम्पोर्छे (पद्म सम्भव) ले यो म्हानि निर्माण गरेको किंवदन्ती रहेको छ । यस छ्योर्तेनको ढुङ्गामा बौद्ध धर्मका मन्त्र खोपेको छ । जनैपूणिर्माको अवसरमा यस ठाउँमा ठुलो मेला लाग्दछ । यस मानेलाई हेर्दा मान्छेले बनाएको देखिए पनि गुरु पद्म सम्भवले राक्षससँग लडाई लड्ने बेलामा एकै रातमा याकलाई ढुङ्गा बोकाएर बनाएको किंवदन्ती भेटिन्छ ।

एकै रातमा यो म्हानि बनाई मानवलाई क्षति हुनबाट जोगाएको भन्ने पनि कथन रहेको छ । यस पवित्र स्थानको रूपमा पुण्यभुमिले समेत चिनिन्छ । हरेक वर्षको मङ्सिर २० गतेको रात ब्रह्माण्ड शान्तिको म्हानि गरिन्छ । यस्तो महत्त्वपूर्ण धार्मिक आस्था बोकेको ठाउँलाई उचित प्रचारप्रसार गर्न सके पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्छ र पर्यटन प्रर्वद्वनमा समेत टेवा पुग्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

स्थानीयवासी मनु मगरका अनुसार टिमुरेवासिले यस ठाउँमा भेला भई सामूहिक रूपमा पूजापाठ गर्दछन् । गाउँलेहरूलाई केही नहोस् सुख शान्ति होस‚ रोग व्याधि नलागोस् भनेर आशीर्वाद माग्दछन् । यस ठाउँलाई पवित्र भगवानको वास भएको ठाउँ मानिन्छ। स्थानीय बाहेक कमै मानिसले थाहा पाएको यसको धार्मिक महत्त्व जाने त धार्मिक पर्यटकहरू आउन सकिन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका