निकुञ्ज परिसरमा बहुउद्देश्यीय नर्सरी निर्माण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
133 Shares
रसुवा

वनस्पति लगायत विविध प्रकारका फलफूल बिरुवा उत्पादन गरी मध्येवर्ति क्षेत्रका बासिन्दाहरूलाई प्रदान गर्ने उद्देश्यले लाङटाङ राष्ट्रिय निकुञ्ज वरपर बहुउद्देश्यीय नर्सरी निर्माण गरिएको छ ।

५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिई नर्सरी निर्माण गरी बिरुवा उत्पादन गर्न पहिलो चरण अन्तर्गत प्लास्टिकमा माटो भर्ने काम अगाडि बढिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

नर्सरीमा स्थानीय हावापानी सुहाउँदो अ‍ोखर, सुन्तला, स्याउ, अञ्जीर लगायत विभिन्न जातका फलफूलका बिरुवा समेत उमारेर वितरण गरिनुका साथै देशभरमा नै लाङटाङ राष्ट्रिय निकुञ्जको नर्सरी नमुना हुने प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । निकुञ्जको संरक्षित र निकुञ्ज अन्तरगत रहेको मध्यवर्ती क्षेत्रको खालि पाखामा रोपण गरिने र बिरुवा आफैले उत्पादन गरी बिरुवाको आपूर्ति व्यवस्थालाई सहज पार्ने र सानो आकारमा रहेको नर्सरीलाई सदुपयोग गर्दै नयाँ ढाँचाबाट निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

समुन्द्री सतहदेखि १ हजार मिटरदेखि ७ हजार २ सय ४५ मिटरमा फैलिएको यस निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँसे मैदान क्षेत्र, झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्ज का भुउपयोग हुन ।

बाहिर सेतो प्लास्टिकले घर जसरी छाइएको छ भने भित्र बिरुवा अड्याउने डिल सिमेन्टको संरचनासमेत राखिएको छ । निकुञ्जको संरक्षण कार्य प्रभावकारी तवरले अगाडि बढिरहेको र लाङटाङ राष्ट्रिय निकुञ्जले गरेको सुधारात्मक पाटो अत्यन्तै राम्रो भएको बताइएको छ ।

रेडपान्डाको संरक्षित क्षेत्र भएको र त्यस स्थानमा संरक्षण पोस्ट राख्न आवश्यक परेकाले भवन निर्माण सम्पन्न गरिएको तथा सो स्थानमा नियमित कर्मचारी बसी रेडपान्डालगायत हिमाली जैविक विविधता एवम् गोसाईंकुण्ड जाने हेलिकप्टर समेतको अवलोकन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया