काठमाडौँ महानगरले २५ अर्ब ५४ करोडको बजेट विनियोजन [पूर्ण पाठ]

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडौं

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  

महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार रुपैयाँ, निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार रुपैयाँ, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ र बैङ्क मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ, राजस्व बाँडफाँडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया