मेलम्ची नगरले १ अर्ब ४४ करोडको बजेट विनियोजन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares
सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६ सय रुपैयाँको बजेट ल्याएको छ ।

शनिवार १४ औँ नगर सभामा उपप्रमुख उमा प्रधानले सो बजेट प्रस्तुत गरेकी हुन् ।

वडागत सडक सञ्जाल जोड्न ७ करोड, एक वडा एक बहु आयामिक सामुदायिक भवन निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै साझेदारी सिँचाइ कुलो १ करोड ५० लाख रुपैयाँ र एक घर एक धारोको लागि १ करोड बजेट विनियोजन गरेको नगर उपप्रमुख प्रधानले बताइन् ।

यसै गरी मेयर कप प्रतियोगिता, शैक्षिक गुणस्तर सुधार, विद्यालय बाहिर रहेका बालबालिका विशेष कार्यक्रम लगायतमा ८ करोड ५१ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याइएको बताइएको छ ।

महिला बालबालिका तथा सामाजिक समावेशीकरणको लागि उपप्रमुख सँग महिला शिक्षा कार्यक्रम, महिला सशक्तीकरण, अपाङ्गता, ज्येष्ठ नागरिक, जनजाति दलित सहकारी उत्थान सहित–१ करोड ४८ लाख ८५ हजार रुपैयाँ, फोहोर मैला व्यवस्थापन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख प्रधानले जानकारी दिइन् ।

नगर प्रमुख आइतमान तामाङले प्रस्तुत गरिएको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका