कालिका गाउँपालिकाले ल्यायो ४० करोड ९७ को बजेट

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
133 Shares
रसुवा

रसुवा जिल्लाको कालिका गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम आइतबार गाउँ सभामार्फत सार्वजनिक गरेको छ ।

‘समृद्ध कालिकाको आधार, शिक्षा, स्वास्थ्य र पूर्वाधार’ भन्ने दीर्घकालीन सोचलाई पुरा गर्न नीति कार्यक्रम र बजेट पेस गरेका हुन् ।

गाउँपालिकाको १३ औँ गाउँ सभामा पालिकाका उपाध्यक्ष मिरा लामाले बजेट प्रस्तुत गरिएको हो । गाउँ सभाबाट पारित भएको बजेट नागरिक स्वास्थ्य बिमालाई ९० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका