सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न‚ सिस्नो पाउडर उत्पादन समूह गठन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
238 Shares
रसुवा

रसुवाको उतरगया गाउँपालिका वडा नम्बर १ करूमर्याङका कृषकहरूलाई ५ दिने सिस्नोको पाउडर बनाउने तालिम दिइएको छ ।

स्थानीय वनजङगल तथा घर आँगनमा खेर गइरहेको सिस्नोलाई सङ्कलन गरी पाउडर धुलोको उत्पादन गर्ने तालिम दिइएको हो । उद्यमशीलताको विकास गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासङ्घ रसुवाले असार ८ गते देखि १२ गतेसम्म तालिम दिएको हो ।

तालिममा १७ जना महिलाहरूको सहभागिता रहेको थियो । यसैबिच (मूह गठन) सिस्नो पाउडर उत्पादन समूह गठन भएको छ ।

प्रबन्धक तान्ती तामाङ, उत्पादन प्रमुख वाङजी तामाङ‚ बजार प्रबन्धकमा रोजिना तामाङलाई जिम्मेवारी दिइएको छ । उत्पादन सहायकमा सुवीमाया तामाङ‚ बजार सहायक मञ्जु घले‚ कार्यालय सचिवमा तिलक तामाङ रहेका छन् ।

यस्तै उत्पादन सदस्य गोम्बो तामाङ, सिंगबहादुर तामाङ, बुधे तामाङ, संभुना तामाङ, आयमाया तामाङ, कुमारी तामाङ, लाक्पा तामाङ, मेन्दो तामाङ‚ चरीमाया तामाङ, पद्मबहादुर तामाङ र सोमबहादुर तामाङलाई जिम्मेवारी तोकिएको फेकोफन रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका