रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा रहेको रसुवा अस्पतालमा पहिलो पटक सफल शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ ।
रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमितकुमार शाहका अनुसार आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ टेताङ्तेकी २१ वर्षीय एक महिलाले करिब ४५ मिनेटको सफल शल्यक्रियामार्फत छोरीलाई जन्मिदिएकी हुन् ।
आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहनुका साथै काठमाडौँ त्रिशूली लानुपर्ने समस्याको अन्त्य भई विपन्न ग्रामीण बासिन्दालाई ठुलो राहत भएको सुत्केरीको आमाले शल्यक्रिया गर्ने डाक्टर र नर्सलाई धन्यवाद दिनुभयो । निक साईमन्सईन्सिच्युट मार्फत डाक्टर १ जना, स्टार्फ नर्स २ जना, ल्याब टेक्निसियन १ जना, रेडियोग्राफर १ जना रहेर उक्त सुत्केरी महिलाको सफल शल्यक्रिया गरेका हुन् ।
सहज र काठमाडौँसम्म जान नसक्ने महिलाहरूलाई जिल्ला अस्पतालमा सञ्चालन भएको शल्यक्रिया जनहितकारी भएको र यो सेवाले निरन्तरता पाउनेमा जिल्लावासीहरू आशावादी भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
हिमाली जिल्ला मौसमले साथ दिइरहने अवस्था हुँदैन । अहिले बर्खाको समय छ । सवैसँग आर्थिक अवस्था ठिक हुँदैन । यस्तो अवस्थामा आफ्नै घर आँगनको अस्पतालमा शल्यक्रिया हुन्छ भने किन नगर्ने त भनेर सुत्केरीको श्रीमान ढुक्क रूपमा यही अस्पतालमा आएको थियो ।
अस्पतालमा दक्ष जनशक्ति भए पनि सामग्री हुन्थेन । सामग्री भए दक्ष जनशक्ति नहुने प्रविधिको अन्त्य भई सामान्य सुत्केरी यही हुने र नसकेमा शल्यक्रिया रसुवा अस्पतालमा नै हुने भएपछि सबै रसुवालि उपचार लिन आउन मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शाहले बताए ।