आयश लामा तामाङ गीति एल्बम ‘सेमला रहररी’ लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेको छ । नव गायक लामाको सेमला रहररी बोलको गीत डम्फु मिडीया प्रालिको युट्युब च्यानलबाट हालै सार्वजनिक भएको छ ।
सानुबाबु घिसिङ र सरीता वाइबाको संयुक्त शब्द रचना अनि आयश स्वयं र जितु लोप्चनको स्वरमा सजिएको गीतले फुपुकी छोरीलाई स्वदेशका सुन्दर पर्यटकीय नगरहरु धरान, इलाम, पोखरा, जोमसोम देखि छिमेकी देश भारतको सिक्किम-दार्जिलिङसम्म घुम्न जाने प्रस्ताव गर्छन् । गीतमा केटीले परिचित आफ्नै मामाको छोराको योग्यता र औकातमाथि प्रश्न उठाउँछन् । तामाङ समुदायमा नजिकको नाता मामा-फुपु चेली बीच विवाह हुने भएपनि केटा स्वयंले आफूलाई योग्य बर साबित सक्नु पर्दछ, तत्र केटीले अस्वीकार गर्न सक्छन् । कर्ण प्रिय सेलो दोहोरीमा आयशले यही सामाजिक यथार्थलाई देखाउने खोजेका छन् ।
फुपु-मामा चेली विवाह तामाङ संस्कृति र सामाजिक परम्परा हो । हिन्दु सांस्कृतिक अतिक्रमणका कारण वर्तमानमा फुपु-मामा चेली विवाह त्याग्दै जानु पर्ने सोच बढीरहेकै बेला रामेछाप दिमिपोखरीका लामाले सेमला रहररी मार्फत् सांस्कृतिक सचेतना जगाएको छ । ठट्यौली तर समाकजिक यथार्थ बोकेको नौजवान लामाको गीतले नयाँ पिढीँमा तामाङ सांस्कृतिक चिन्तन र सोच अवश्य जगाउने आश गर्न सकिन्छ ।
सार्वजनिक भएको केही दिनमै प्रशंसनीय भ्यूवर्स बटुल्न सफल गीतमा सानुबाबु घिसिङले संगीत भरेका छन् भने एरेन्ज नोर्बु शेर्पाले गरेका छन् ।