सम्भव समूहको ‘काव्य यात्रा’

सैलुङअनलाइन
सैलुङअनलाइन
357 Shares

अग्रज पुस्ताको अनुसरणसँगै आफ्नै विचार र शैली स्थापित गर्न अग्रसर छन्, आजका अनुज पुस्ता । साहित्य सिर्जनामा पनि नयाँ पुस्ताले नौलो विचारधाराबाट आफ्नो यात्रा थालनी गर्नुपर्छ भन्ने ध्येयले ‘सम्भव समूह’ अगाडि आएको छ ।

समूहले यही असार १५ गतेको अवसरमा कविता यात्रासँगै ‘सम्भव’ को औपचारिक कार्यक्रम सुरुवात गर्न लागेको समूहमा आवद्ध युवा कवि युग सर्वनामले बताए । उनका अनुसार समूहले चन्द्रागिरी नगरपालिकाको चेकपोस्टबाट कविता यात्रा सुरु गरेर चन्द्रागिरीकै डाँडामा कार्यक्रम समापन गर्नेछ । यात्रामा कविहरु सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्नेछन् भने कवि सन्जित फलाना कवितासँगै यात्राको टिप्पणीकारका रूपमा रहेका छन् ।

कार्यक्रमले सिर्जना यात्रामा छेलिएर रहेको जमातलाई उर्जा र प्रेरणा दिने कवि सर्वनामको ठहर छ । ‘कतिपय मोसफलमा रहेका कवि तथा सष्टाहरुलाई राजधानी र केन्द्रमा हुने साहित्यिक गतिविधिमा अझै स्वीकार गरिसकेको छैन’, उनले भने,’हाम्रो समूह त्यही अस्वीकार गरिएकाहरुमध्येबाट नै बनेको हो । हामी फरक तरिकाले कविता यात्रालाई अगाडि लैजाने कोसिस गर्दैछौं ।’ कविता जस्ता साहित्य विधालाई कुनै स्थान, विचार, विधानभन्दा पनि फराकिलो रूपमा असीमित बनाउनुपर्ने समूहको धारणा छ ।

कवितालाई नयाँ उचाई र मोडमा पुर्‍याउने हो भने अग्रज पुस्ताले नयाँ पुस्ताको विचार तथा प्रयोगलाई आत्मसात गर्नुपर्ने सर्वनामको मत छ । ‘साहित्य सिर्जनामा नयाँ सोच र चिन्तनका लागि नयाँ पुस्ताले केही नौलो गर्नुपर्छ । यही सोच लिएर हामी आएका छौँ’ उनले भने ।

सर्वनामका अनुसार समूहका लागि करिब एक वर्ष अघि अवधारणा बनेपनि तीन महिनाअघि मात्र ‘सम्भव’ नामकरण गरी कार्यक्रम तय गरिएको हो । अहिले समूहमा तत्कालै गरिने अवधारणाहरु एकिन नभए पनि आगामी दिनमा निरन्तर रूपमा अवधारणासहितका गतिविधिहरु लिएर अगाडि बढ्नेछ । यसले युवा पुस्तालाई सिर्जनात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने भएकोले सम्पुर्ण साहित्य प्रेमीलाई कार्यक्रममा उपस्थितिका लागि समूहले आह्वान समेत गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया