प्रज्ञामा पुस्तक प्रदर्शनी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
काठमाडौं

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार प्रतिष्ठानका कुलपति भुपाल राई, सदस्यसचिव धनप्रसाद सुवेदी लगायतको सहभागितामा प्रदर्शनी थालनी गरिएको हो ।

प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ६ सय पुस्तक तथा पत्रपत्रीका, साझा प्रकाशनको तीन सय र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका ६० वटा पुस्तकहरु बिक्रीका लागि राखिएका छन् ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित विषय समेटिएका पुस्तकहरु अवलोकन गर्न सकिन्छ ।

लेखक,पाठक र प्रकाशक बिचको सम्बन्ध विस्तार गर्दै पठनीय संस्कृतिलाई प्रदर्शनीले टेवा पुर्‍याउने पुस्तक प्रदर्शन व्यवस्थापक सुधीर ढुङ्गेलले बताए । उनका अनुसार पुस्तक खरिदमा १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनी असार २३ गतेसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया