एसइईको नतिजा यसै साता आउने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
105 Shares
काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा यसै साताभित्र सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डका अनुसार अहिले नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने यकिन हुँदैन ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसइईमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका