धनकुटाको छथर जोरपाटी गाउँपालिका पशुपन्छी शाखाले एकदिने रेबिज विरुद्ध खोप शिविर सम्पन्न गरेको छ । शाखाले १३ औं विश्व रेबिज दिवसका अवसरमा गाउँपालिका भित्र रेबिज विरुद्ध खोप शिविर आयोजना गरेको हो ।
गाँपालिकाका सबै वडाका जनतालाई सहजरुपमा सुबिधा पुग्ने गरी ८ वटा केन्द्र मार्फत शनिबार बिहान ९ बजेदेखि दिउँसाे २ बजेसम्म शिविर सञ्चालन गरिएकाे शाखा प्रमुख राईले बताए ।
शिविरमा सबै वडाका गरी जम्मा ४ सय १३ वटा घरपालुवा कुकुर बिरालाेलाई रेबिज विरुद्धको खोप लागाइएको गाउँपालिकाको पशुपन्छी शाखाले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1