अर्ग्यानिक पारखीका लागि ‘द धुङदेन कोदाव रिसोर्ट’

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
973 Shares
रसुवा

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा सञ्चालन भइरहेको द धुङदेन कोदाव रिसोर्ट धुन्चेको पहिचान बनेको छ । बिस्तारै देशविदेसमा पनि छुट्टै पहिचानको रूपमा रहेको छ ।

यहाँ धुन्चेवासी लगायत आन्तरिक तथा बाह्य पर्यटक विगतदेखि हालसम्म अर्ग्यानिक खानाको स्वाद लिन खोजिखोजी आउने गर्दछन्।

अर्ग्यानिक खाना, गोष्ठी‚ सेमिनार‚ जन्मदिन मनाउन रिसोर्टमा धाउने गर्छन् ।

‘धुङदेन कोदाव’ नाम दिई १० वर्षदेखि व्यावसायिक हिसाबले दर्ता गरी व्यक्तिगत लगानीमा सञ्जीव उप्रेतीले सुरु गरेका हुन्। दोलखा घर भए पनि सानैदेखि मामाघर धुन्चेमा हुर्केका उप्रेतीले खोलेको द धुङदेन कोदाव स्थानीयका लागि अहिले यो रिसोर्ट चिरपरिचित छन् । धुङदेनको अर्थ ‘धुन्चे’ र कोदावको अर्थ ‘चुलो’ हो । कोदाव झट्ट सुन्दा नौलो लागे पनि अर्ग्यानिक खानाका लागि पूर्ण पारिवारिक वातावरण रहेका कारण स्थानीयहरू फुर्सद पाउनसाथ परिवारसहित त्यहाँ पुग्ने गर्छन् ।

रिसोर्टमा उप्रेतीले प्राकृतिक वातावरणलाई जोगाएर फलाम जडित जस्ताको चारैतिर हेर्न मिल्ने गरी ट्रस्ट बनाएका छन् । सानैदेखि फरक सोच राख्ने उनी केही वर्ष मलेसिया समेत बसेर नेपाल फर्किएका थिए । त्यहाँ गरेको दुख आफ्नै गाउँमा गरे हुन्छ भन्ने मनसायले द धुङदेन कोदाव नाम दिएर रिसोर्ट खोलेको उनी बताउँछन् । उनले खोलेको रिसोर्ट नयाँ खालको भएकाले हेर्न र बुझ्नका लागि नै स्थानीयदेखि बाहिर जिल्ला समेतबाट पाहुनाहरू आउने गरेको उनी बताउँछन् । दुखसुख यस्तै रहेछ‚ मलेसियामा हुँदा चर्को घाममा काम गरेको सम्झँदै भन्छन्‚ ‘यस्तो दुख त नेपालमै गर्छु भन्ने सोच ले यतै फर्किए ।’

अहिलेको युवा नेपालमा केही छैन भनेर पढेर डिग्रीको सर्टिफिकेट हातमा परेपछि युरोप जान तम्सिन्छन् । उनी भने आफ्नै ठाउँमा नयाँ सोच र नयाँ उमङ्गका साथ आयआर्जनमा व्यस्त छन् । विदेशमा पनि त बसिबसी सुखसँग आयआर्जन हुँदैन । कडा मिहिनेत गर्नै पर्छ ।

‘मैले डिग्रीको सर्टिफिकेट लिने गरी त नपढे पनि आफूलाई आवश्यक पर्ने पढेकै छु। आफ्नै देश आफ्नै गाउँ आफ्नै परिवारसँग बसेर काम गरिरहेको छु‚’ यो नै मेरा लागि खुसी रहेको उनी बताउँछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका